दुई नेपाली र तिन कोरियनसहित पाँच नागरिक अन्नपुर्णमा बेपत्ता, खोजी कार्य तिब्र

Post Thumbnail

माघ ३,पोखरा । दुई नेपाली र तिन कोरियन गरी पाँच व्यक्ति अन्नपुर्ण क्याम्पमा हराएका छन । अन्नपुर्ण बेसक्याम्पको देउरालीमा हिम पहिरोले एकजना गाईड, एकजना भारी बोक्ने सहयोगी र तिनजना कोरियन नागरिक हराईरहेका हुन । खराब मौसमका बीचपनि उनिहरु बेसक्याम्प लागेका थिए ।
पोखराको टान, युनिट्राभ पोखरा, युनिट्राभ केन्द्रबाट पनि उद्धारको प्रयास भईरहेको युनिट्राभ केन्द्रका केन्द्रिय सदस्य टिकाराम नेपालीले अनलाईन केन्द्रलाई बताए । केन्द्रका अध्यक्ष सुमन पराजुली लगायतको टिम सक्रिय रहेको नेपालीले बताए । मानीसले नजानु भन्दा भन्दै उनिहरु त्यसतर्फ लागेका थिए । अहिले पनि हिँउ परिरहेको छ ।

उद्धारको लागी हेलिकोप्टर तयारी अवस्थामा छ । उद्धार गर्ने टोली अन्नपुर्ण बेसक्याम्पको छुम्रुङबाट माथी उक्लिरहेका छन । खराम मौसमका कारण हराईरहेकाको उद्धार गर्न कठिनाई भईरहेको छ । थप विवरण आउन बाँकी रहेका छ ।

ताजा अपडेट

खोजी गर्नुहोस