परिक्षण घटाएसँगै संक्रमित पनि कम : ५ हजार २८५ कोरोना संक्रमण पुष्टि ! ६ हजार ८९८ जना स्वस्थ !

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७८ जेष्ठ १८, मंगलबार (३ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

जेठ १८, काठमाडौ । २४ घण्टामा देशभर ५ हजार २८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १७ हजार १४७ पीसीआर परीक्षणमा ५ हजार २८५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ ।

यस्तै, २४ घण्टामा ६ हजार ८९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७८९ पुगेको छ । क्वारेन्टाइनमा ७२५ जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ६८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ४५४ पुगेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस