जसपा विवाद निरुपण गर्न निर्वाचन आयोगको इजलासमा निवेदकको बहस सुरु

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७८ श्रावण ३, आईतबार (३ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

साउन ३, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिता सम्बन्धी विवाद निरुपण गर्न निर्वाचन आयोगले गठन गरेको इजलास सुरु भएको छ । इजलासमा निवेदकको तर्फबाट बहस सुरु भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

बहस सकिएपछि आयोगले निर्णय सुनाउने छ । निर्वाचन आयोगका प्रवक्ता श्रेष्ठका अनुसार आयोगको निर्णय कहिले आउँछ भन्ने कुरा बहस कति लामो समयसम्म चल्छ भन्ने कुरामा भर पर्ने छ ।

जसपाको आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि गत असार २३ गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरिएको थियो । इजलासमा आयुक्तहरु छन् । यही इजलासले जसपाको नाम र निर्वाचन चिह्न कुन पक्षले पाउने भन्ने निर्णय लिने भएकाले यसलाई चासोका साथ हेरिएको छ ।

जसपाको उपेन्द्र–बाबुराम र महन्थ–राजेन्द्र पक्ष दुवैले आफूहरु आधिकारिक भएको दाबी गर्दै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस