नेपालमा थप ३ हजार ६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु !

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७८ श्रावण १५, शुक्रबार (३ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

साउन १५, काठमाण्डौ । पछिल्लो २४ घण्टामा ३६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा ९७८३ पीसीआर परीक्षण गर्दा २४६७ जना र ४८७८ एन्टिजेन परीक्षण गर्दा ११४४ गरी ३६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ८१६ जना निको भएका छन् । शुक्रबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९३ हजार १०९ पुगेको छ । तीमध्ये ९ हजार ८३४ जनाको मृत्यु भएको छ भने ६ लाख ५२ हजार २६१ जना संक्रमणमुक्त भएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस