ह्वाट्टै बढ्यो सुनको भाउ

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७८ कार्तिक २२, सोमबार (३ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

कार्तिक २२, काठमाडौँ । आज सुनको भाउमा ह्वाट्टै बढेको छ । तिहार पछिको पहिलो दिन आज सुन तोलामा एक हजार ५०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजाबी सुन ९२ हजार रुपैयाँमा किनबेच हुँदैछ ।

यसअघि लक्ष्मी पुजाको दिन सुन प्रतितोला ५०० रुपैयाँले गिरावट भएर ९१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यसपछिका तीन दिन भने सुनचाँदीको मूल्य नतोकिएकाले सोहि मूल्यमा कारोबार भएको थियो ।

सोमबार सुनसँगै चाँदीको भाउ पनि बढोत्तरी भएको छ । यस दिन चाँदी तोलामा २५ रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार २५० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

तिहार अघिको अन्तिम कारोबार दिन चाँदीको भाउ स्थिर रहेर प्रतितोला एक हजार २२५ रुपैयाँ कायम रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस