`ए` डिभिजन लिग फुटबल: दोस्रो चरणका खेल सुरु हुँदै

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७८ मंसिर १०, शुक्रबार (३ साल अघि)
  • ३४ पटक पढिएको
Post Thumbnail

मंसीर १०, काठमाण्डौ । सहिद स्मारक `ए` डिभिजन लिग फुटबल अन्तर्गत दोस्रो चरणका खेलहरु आजदेखि सुरु हुँदैछन् ।

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज सातदोबाटो युथ क्लब र थ्री स्टार क्लब दिउँसो १ बजे तथा सङ्कटा र फ्रेन्ड्स क्लब बेलुका पौने ५ बजे खेल्दैछन् ।

पहिलो खेलमा सातदोबाटोले फ्रेन्ड्सविरुद्ध गोलरहित बराबरी खेलेको थियो । थ्री स्टार भने लगातार दोस्रो जितको खोजीमा रहेको छ ।

शीर्षस्थानको थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३–० ले हराएको थियो । यस्तै सङ्कटाले पहिलो खेलमा हिमालयन शेर्पासँग १–१ गोलको बराबरी खेलेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस