नेपाली सेनाले भव्यरूपमा सेना दिवस मनायो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ फागुन १७, मंगलबार (२ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

फागुन १७, काठमाडौँ । नेपाली सेनाले भव्यरूपमा सेना दिवस मनाएको छ। शिवरात्रि तथा सेना दिवसका अवसरमा मंगलबार सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको भव्य कार्यक्रममा सेनाले बढाइँ तथा सैनिक कला प्रदर्शनी गरेको छ।

समारोहमा राइफल तथा तोपबाट बढाइँ कवाज, त्रिभुवन आर्मी क्लबका खेलाडी र राष्ट्रिय सेवा दलका क्याडेटलगायत विभिन्न युनिटबाट मार्चपाष्ट, बख्तरबन्द गाडी, हतियार र इक्युप्मेन्ट प्रदर्शन, ब्याण्ड डिस्प्ले, हेलिकप्टरबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस लेखिएको ब्यानर प्रदर्शनी गरिएको थियो।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्च पदस्थ सरकारी अधिकारीको सहभागिता थियो।

ताजा अपडेट

खोजी गर्नुहोस