महाराजगञ्जमा ‘सेल्सबेरी सुपरस्टोर सञ्चालनमा आयो

२ अर्ब ७५ करोडको लगानी
महाराजगञ्जमा ‘सेल्सबेरी सुपरस्टोर सञ्चालनमा आयो

बैशाख,२३,काठमाडौँ । पोखरा मुख्यालय रहेको सेलवेज क्यास एन्ड क्यारी प्रालिले काठमाडौं महाराजगञ्जमा अत्याधुनिक ‘सेल्सबेरी सुपरस्टोर’ स्थापना गरेको छ । गत शुक्रबारबाट औपचारिक सञ्चालनमा आएको सेल्सबेरी सुपरस्टोर महाराजगञ्जमा २ अर्ब ७५ करोड रुपैयाँ लगानी भएको हो । यो सुपरस्टोर नौ रोपनी क्षेत्रफलमा फैलिएको छ । सुपरस्टोर युरोपेली मापदण्ड अनुसार बनेको हो ।

‘रियल डिपार्टमेन्टल स्टोर कस्तो हुन्छ भन्ने अनुभव गर्न सेल्सबेरी सुपरस्टोर महाराजगन्ज जानैपर्ने गरी तयार पारेका छौं,’ तीन दशकदेखि सेल्सबेरी डिपार्टमेन्ट स्टोर सञ्चालन गरिरहेका सीईओ सुशील प्रधानाङ्गले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने , उनले भने ‘यहाँ पाइने सामान सितिमिति अन्य डिपार्टमेन्टल स्टोरमा पाइँदैन । यो प्रिमियम सुपरस्टोर बन्ने विश्वास छ ।’

महाराजगञ्ज सेल्सबेरी सुपरस्टोरको पहिलो चार तलामा सवारीसाधनका लागि बेसमेन्ट पार्किङ छ । भुइँ तलादेखि छेटौं तलासम्म डिपार्टमेन्टल स्टोर, सातौ र आठौँ तलामा विभिन्न कर्पोरेट कार्यालय, नवौं, १०औं र ११औं तलामा जिम, फिटनेस सेन्टर, स्पा, रेस्टुरेन्ट तथा बार, १२औं तलामा स्विमिङ पुल, ज्याकुजी, बियर गार्डेन, कफी लाउन्ज तथा इभेन्ट सेन्टर रहेको छ ।

सुपरस्टोरको १३औं तलामा भ्यु टावर रहेको छ जहाँबाट काठमाडौं उपत्यकालाई ३६० डिग्रीमा अवलोकन गर्न सकिन्छ ।

सिइओ प्रधानाङ्गले भने – ‘हाम्रो स्टोरमा सामानमात्र किन्ने होइन, अन्य सेवा सुविधा पनि खरिद गर्न पाइन्छ,’ उनले भने, ‘उपभोक्तालाई यसले पनि भिन्नै स्वाद दिनेमा हामी ढुक्क छौं । काठमाडौं आइपुगेका विदेशी पर्यटकले पनि सेल्सबेरी सुपरस्टोर जाऔं न त भन्ने गरी पूर्वाधार बनाएका छौं ।’

सेल्सबेरीको अर्को शाखा काठमाडौं कालीमाटीमा पनि २१ वैशाख शुक्रबारदेखि नै ग्रान्ड ओपनिङ भएको छ । कालीमाटीस्थित कालीमाटी ट्रेड सेन्टरमा सेल्सबेरी रहेको छ ।

दुवै शाखा ओपनिङका अवसरमा कम्पनीले ग्राहकका लागि लक्की ड्रमार्फत इलेक्ट्रिक कार, सेगवे इलेक्ट्रिक स्कुटर लगायत पुरस्कार दिने कम्पनीले जनाएको छ ।

‘हरेक वर्ष सानो, मध्यम र ठूलो गरी १० देखि १५ वटासम्म शाखा सञ्जाल विस्तार गर्दै जाने लक्ष्य रहेको सीईओ प्रधानाङ्गले बताए । उनका अनुसार सन् २०२६ सम्म १ सय शाखा विस्तार गरी २ हजार जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य रहेको छ ।

लेखकको बारेमा

  • उहाँ राज ढुंगाना अनलाइन केन्द्र डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    ताजा अपडेट

    खोजी गर्नुहोस