मौद्रिक नीति

मौद्रिक नीति : चाँदी आयात खुकुलो पार्ने राष्ट्र बैंकको घोषणा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ ५, शनिबार (१ साल अघि)
  • ७८ पटक पढिएको
मौद्रिक नीति : चाँदी आयात खुकुलो पार्ने राष्ट्र बैंकको घोषणा

जेठ ५, काठमाडौँ । नेपाल राष्ट्र बैंकले स्वदेशमा खपत गर्ने प्रयोजनका लाग चाँदी आयातको कोटा बढाउने भएको छ । अहिले एक पटकमा ६० हजार रुपैयाँसम्मको मात्रै चाँदी आयात गर्न पाइने प्रावधान छ ।

अब यो सीमालाई बढाउने तयारी भएको राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख तुल्सीप्रसाद घिमिरेले जानकारी दिए ।
अहिलेको सीमाले चाँदी आयातको लागत बढेको र पर्याप्त आयात गर्न नसकिएको गुनासो आएपछि राष्ट्र बैंकले कोटा बढाउन लागेको हो ।

पछिल्लो समय चाँदीको मूल्यमा पनि ठूलो परिवर्तन आइसकेको र राष्ट्र बैंक सँग विदेशी मुद्राको ढुकुटी पनि निकै ठूलो भएका कारण अब चाँदी आयातलाई खुकुलो पार्ने प्रबन्धमा केन्द्रिय बैंक लागेको देखिएको छ ।

#मौद्रिक नीति

ताजा अपडेट

खोजी गर्नुहोस