रवि लामिछानेको बन्दी प्रत्येक्षीकरण मुद्दा ‘हेर्न मिल्ने’मा, आज सुनुवाइ हुने

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ ५, सोमबार (५ घण्टा अघि)
  • ५१ पटक पढिएको
रवि लामिछानेको बन्दी प्रत्येक्षीकरण मुद्दा ‘हेर्न मिल्ने’मा, आज सुनुवाइ हुने

जेठ ५, काठमाडौं । ४२ दिनदेखि रुपन्देही कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेको बन्दी प्रत्येक्षीकरण मुद्दामा आज सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतमा यसअघि पाँच पटकसम्म हेर्न नमिल्ने सूचीमा परेको मुद्दा आज भने हेर्न मिल्ने इजलासमा पर्नेछ । हिजो न्यायाधीशद्वय डाक्टर मनोजकुमार शर्मा र सुनिलकुमार पोख्रेलको इजलासमा हेर्न नमिल्नेमा परेपछि सोही इजलासले अब हेर्न मिल्ने इजलासमा राख्न आदेश जारी गरेको थियो ।

बन्दी प्रत्यक्षकरणको रिटको संवेदनशीलता हेरेर प्राथमिकतामा राख्नुपर्ने भन्दै पटकपटक हेर्न नमिल्नेमा नपर्ने गरी सुनवाइको व्यवस्था गर्न सर्वोच्च प्रशासनका नाममा आदेश जारी गरेको हो । आदेशसँगै सर्वोच्च प्रशासनले अहिलेसम्म हेर्न नमिल्ने चार न्यायाधीशको सूची तयार पारेको छ ।

न्यायाधीशहरू हरिप्रसाद फुयाल, तिलप्रसाद श्रेष्ठ, अब्दुल अजिज मुसलमान र सुनिलकुमार पोखरेलले रविको मुद्दा हेर्न नमिल्ने अवस्था छ । त्यसबाहेक पनि हेर्न नमिल्ने भए यकिन गरी आज र हेर्न मिल्ने न्यायाधीशमध्येबाट मात्र गोला प्रणालीमा सहभागी गराउने निर्णय गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस