दिल्लीलाई १० विकेटले हराउँदै गुजरात प्ले अफमा प्रवेश

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ जेष्ठ ५, सोमबार (५ घण्टा अघि)
  • ३७ पटक पढिएको
दिल्लीलाई १० विकेटले हराउँदै गुजरात प्ले अफमा प्रवेश

जेठ ५, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्स प्ले अफमा प्रवेश गरेको छ । गएराति दिल्ली क्यापिटल्सले दिएको २ सय रनको लक्ष्य गुजरातले १९ ओभरमा बिना विकेटको क्षेतिमा भेट्टायो ।

गुजरातको जितमा शुभमन गिल र साइ सुदर्शनले शानदार साझेदारी गरे । शुभमनले अविजित १ सय ८ र सुदर्शनले ९३ रन बनाए ।

त्यसअघि अरूण जैटली स्टेडियममा टस हारेर पहिले ब्याटिङमा आएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो । दिल्लीका लागि ओपनर केएल राहुलले अविजित ११२ रनको शतकीय पारी खेले ।

अभिषेक पोरेलले ३०, अक्षर पटेलले २५ तथा ट्रिस्टन स्टब्सले अविजित २१ रन बनाए । गुजरातका अर्शद खान, प्रसिध कृष्णा र साइ किशोरले १/१ विकेट लिए ।

यो सँगै गुजरात १८ अंक सहित शीर्षस्थानमा उक्लिदै प्ले अफमा प्रवेश गरेको छ । समान १७ अंक बनाएका आरसिबी र पन्जाब पनि प्ले अफमा पुगेका छन् । अब दिल्ली, मुम्बई र लखनउ मध्ये एक टिम प्ले अफमा पुग्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस