जेठ ५, काठमाडौं । काठमाडौंबाट लुक्ला उडेको समिट एयरको जहाजको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरेको छ । आज बिहान सवा ६ बजे काठमाडौंबाट लुक्ला उडेको नाइन एन एएमजी कल साइनको सो जहाजमा रामेछाप पुग्दा समस्या देखिएको थियो ।
लगत्तै काठमाडौं फर्काएर सुरक्षित अवतरण गरिसकेको त्रिभूवन अन्र्तराष्टिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए । जहाजलाई आकस्मिक अवतरण गराउनका लागि काठमाडौंको विमानस्थलमा अन्य उडान–अवतरण केहीबेर रोकिएको थियो ।
जहाजमा चालक दलसहित १९ जना सवार थिए । उनीहरु सबै सकुशल रहेको शेर्पाले बताए । विमानको प्राविधिक परीक्षण भइरहेको छ ।