महिला टी-ट्वेन्टी विश्वकप छनोट

विश्वकपमा पुग्ने लक्ष्यसहित मैदान उत्त्रदै नेपाल

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ जेष्ठ ५, सोमबार (१ महिना अघि)
  • ६० पटक पढिएको
विश्वकपमा पुग्ने लक्ष्यसहित मैदान उत्त्रदै नेपाल

जेठ ५, काठमाडौं । आईसीसी महिला टी-ट्वेन्टी विश्वकप एसिया छनोट अन्तर्गत सुपर थ्रीमा नेपालले आज यूएईसँग खेल्दैछ । ​थाइल्यान्डको बैंककमा खेल बिहान पौने ९ बजे सुरु हुनेछ ।

नेपालले आजको खेलमा यूएईलाई हराए एक खेल अगावै विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ । एसिया क्षेत्र छनोटमा थाइल्यान्ड, यूएई र नेपाल आआफ्नो समूहको विजेता बनेर सुपर थ्रीमा पुगेका टिम हुन् । शीर्ष तीनबीच भइरहेको खेलअन्तर्गत आइतबार भएको यूएई र थाइल्यान्डबीचको खेलमा यूएई ५४ रनले पराजित भयो ।

यसअघि भएको एसिया छनोटमा नेपाल र यूएईबीचको खेल वर्षाले प्रभावित बनेको थियो । त्यसपछि नेपाल एसिया छनोटबाट बाहिरिँदा यूएई ग्लोबल छनोटमा पुगेको थियो । अहिले भने नेपालसामु यूएईलाई नै हराएर विश्वकपमा पुग्ने अवसर आएको हो ।

नेपाल र यूएईबीच भएका पछिल्ला पाँच खेलमध्ये दुई खेल नेपालले जितेको थियो भने एक खेल यूएईले जितेको थियो । एउटा खेलमा नतिजा निस्कन सकेन भने अर्को एक खेल रद्द भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस