मधेस प्रदेशका पूर्वअर्थमन्त्रीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ ४, आईतबार (१ महिना अघि)
  • ८० पटक पढिएको
मधेस प्रदेशका पूर्वअर्थमन्त्रीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेठ ४, काठमाडौं । सर्लाहीको वागमती नगरपालिकामा माछापोखरी निर्माणका नाममा सरकारी रकम दुरुपयोग गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका तत्कालीन अर्थमन्त्री विजयकुमार यादवसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले नगरप्रमुख, उपप्रमुख, प्रशासकीय तथा योजना अधिकृतहरू र लेखा अधिकृतसहितका अधिकारीहरूले आपसी मिलोमत्तोमा सरकारी सम्पत्तिमा हानी नोक्सानी पुर्‍याएको ठहर गर्दै ५६ करोड ७१ लाख ७ हजार २ सय ९२ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उक्त प्रकरणमा तत्कालीन नगरप्रमुख भरतकुमार थापा, उपप्रमुख लिलाकुमारी मोक्तान, प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना प्रमुख निरञ्जन लामिछाने, योजना अधिकृत सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल, प्रदेश सरकारका कानून अधिकृत गोकुल भुजेल र तत्कालीन मन्त्री विजयकुमार यादवलाई प्रतिवादी बनाइएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मी बताए ।

सागरनाथ वन विकास परियोजनाको वन क्षेत्रमा संघीय र प्रदेश सरकारको रकम प्रयोग गरी माछापोखरी निर्माण गर्दा ठूलो मात्रामा अनियमितता भएको अख्तियारको निष्कर्ष छ ।

अख्तियारका अनुसार तत्कालीन अर्थमन्त्री यादवले मन्त्रालयकै कानून अधिकृतको राय नलिई अनियमित रूपमा ३० करोड रुपैयाँ अनुदान दिने निर्णय एकलौटी रूपमा गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस