जनकपुर भन्सारबाट वार्षिक लक्ष्यको ६० प्रतिशत मात्रै राजस्व सङ्कलन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ जेष्ठ ४, आईतबार (६ घण्टा अघि)
  • ४० पटक पढिएको
जनकपुर भन्सारबाट वार्षिक लक्ष्यको ६० प्रतिशत मात्रै राजस्व सङ्कलन

जेठ ४, जनकपुरधाम । जनकपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ३४ करोड २८ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका अनुसार चालु आवमा ५७ करोड सात लाख १७ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखिएकामा हालसम्म ६०.७ प्रतिशत मात्र राजस्व सङ्कलन भएको कार्यालयका भन्सार अधिकृत एवं सूचना अधिकारी रविन्सलाल दासले जानकारी दिए । गत आवको सोही अवधिमा ५१ करोड ७४ लाख ९१ हजार राजस्व सङ्कलन गरिएको थियो ।

चालु आर्थिक वर्षको वैशाखसम्म कार्यालयको मुख्य भन्सार नाका जटहीबाट २८ करोड ६२ लाख ५९ हजार रुपियाँ, भडरिया छोटी भन्सार नाकाबाट १८ लाख ३६ हजार रुपियाँ, इनरुवा छोटी भन्सार नाकाबाट २२ लाख ९५ हजार रुपियाँ र बाँकी जनकपुर भन्सार कार्यालयबाट राजस्व सङ्कलन भएको दासले बताए ।

कार्याललयले चालु आवको चैत मसान्तसम्ममा लिलामीसम्बन्धी परेका मुद्दामध्ये दुई सय ९८ वटाको फैसला पनि गरेको छ । पाँच सय ६५ लिलामीका मुद्दा परेकामध्ये दुई सय ९८ वटाको छिनोफानो गरी एक करोड ५६ लाख २० हजार रुपियाँ राजस्व सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।

लिलामी सम्बन्धी मुद्दाको प्रतिवेदन मूल्य नौ करोड १५ लाख ५६ हजार रहेको थियो । सो अवधिमा विभिन्न समयमा चोरी तस्करीका लिलामी सम्बन्धी जनकपुरधाम भन्सार कायालयको ११ मुद्दामध्ये नौ वटाको फैसला भएको छ ।

सशस्त्र प्रहरीको ४ सय १७ मध्ये दुई सय एक मुद्दाको फैसला भएको छ भने नेपाल प्रहरीको एक सय ३७ लिलामीका मुद्दामध्ये ८८ वटाको छिनोफानो भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस