हिमाली क्षेत्रमा अवैध रुपमा स्टारलिंकको इन्टरनेट प्रयोग, रोक्न निर्देशन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख २३, मंगलबार (२ घण्टा अघि)
  • ४७ पटक पढिएको
हिमाली क्षेत्रमा अवैध रुपमा  स्टारलिंकको  इन्टरनेट प्रयोग, रोक्न निर्देशन

वैशाख २३, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आधार शिविर क्षेत्रमा अनधिकृत रुपमा इन्टरनेट सेवा सञ्चालन नगर्न चेतावनी दिएको छ ।

नेपालका केही अग्ला हिमाल तथा आधार शिविरमा हिमाल आरोहण गर्ने कम्पनीहरूले अनधिकृत रूपमा विदेशी दूरसञ्चार सेवाप्रदायक कम्पनी स्टारलिंकको इन्टरनेट बिना दर्ता उपलब्ध गराएको भन्दै तत्काल रोक्न निर्देशन दिएको हो ।

प्राधिकरणले सुचनामा उक्त कार्य दूरसञ्चार ऐन, २०५३ को दफा २१ को प्रावधान विपरीत भएको स्मरण गराउँदै सरकारको अनुमति तथा प्राधिकरणको अनुमतिपत्र बिना यस्तो कार्य नगर्न र नगराउन जानकारी गराएको छ ।

स्टारलिंकको इन्टरनेट अवैधरुपमा चलिरहेको भन्ने सूचना पाएको भन्दै त्यसलाई तत्काल नरोके कानुनी कारवाही अघि बढाउने प्राधिकरणले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस