वैशाख २३, काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक मंगलबार बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक सवा १२ बजे बस्नेछ ।
दुवै सदनका बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ । गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रियसभा बैठकमा आज नीति तथा कार्यक्रममाथिको छलफल गरेर सुझाव दिइसक्ने कार्यसूची रहेको छ ।