नेशनल लाइफको साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ अषाढ ५, बिहिबार (५ घण्टा अघि)
  • ५८ पटक पढिएको
नेशनल लाइफको साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

असार ५, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३७औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आज लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा कम्पनीको सञ्चालक समितिकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको उपस्थितिमा सम्पन्न भएको छ ।

सभाले हाल कायम चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार रूपैयाँको १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७८९४७३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्ष नियुक्ति गरी निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याएको छ ।

अध्यक्ष सिंहले समिक्षा वर्षमा कोभिड महामारीको असर, वैश्विक भू-राजनीतिक अस्थिरता र आन्तरिक बजारमा आएको मन्दीका बाबजुद कम्पनीले व्यावसायिक वृद्धि कायम राख्न सफल भएको जानकारी बताइन् । साथै उनले कम्पनीको व्यवसायसँगै नेटवर्क पनि बलियो भएकोले आउँदो दिनमा लगानीकर्तालाइ उचित प्रतिफल दिने प्रतिवद्धता समेत व्यक्त गरिन् ।

त्यसैगरी सभाले कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने, गत आवमा भएको खर्च अनुमोदन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ । कम्पनीको यही सभाले संस्थापक समूह ‘क वर्ग’ बाट ३ जना र सर्वसाधारण लगानीकर्ता ‘समूह ख’ बाट २ जना सञ्चालकको निर्वाचन समेत गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा कुल बीमाशुल्क आम्दानी २१.९० प्रतिशतले वृद्धि भई रु. २०४९.१२ करोड पुगेको छ भने बीमा करार दायित्व समेत उल्लेख्यरूपमा बढेको छ । समीक्षावर्षमा कम्पनीले मृत्यु दाबी, अवधि समाप्ति, आंशिक अवधि समाप्ति, समर्पण मूल्य तथा अन्य विभिन्न दाबीहरूमा कूल रु. ८३२.८२ करोड भुक्तानी गरेको छ ।

यसका साथै यसै अवधिमा कम्पनीको कुल लगानी १७.३५ प्रतिशतले वृद्धि भई रु. ७०१५.४६ करोड पुगेको छ । कम्पनीले दीर्घकालीन निक्षेपमा बढी लगानी गर्न केन्द्रित गर्दै आएको छ भने कम्पनीको वार्षिक औसत लगानी प्रतिफल दर ९.१७ प्रतिशत कायम रहेको छ ।

सभाले लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ २२ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ जेठ २१ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले पारित लाभांश प्राप्त गर्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस