देशभर मौसम बदली, पाँचवटा प्रदेशमा भारी वर्षा

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ ५, बिहिबार (४ घण्टा अघि)
  • ४६ पटक पढिएको
देशभर मौसम बदली, पाँचवटा प्रदेशमा भारी वर्षा

असार ५, काठमाडौं । हाल कोसी, मधेस, वाग्मती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ । देशको पश्चिम भू–भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशभर साधारणदेखि पूर्णयता बदली रहनेछ । हाल देशका थोरै स्थानहरूमा चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । बागमती, गण्डकी र कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ ।

आज दिउँसो सबै प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस