लुम्बिनी प्रदेशले ल्यायो ३८ अर्ब ९१ करोडको बजेट

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ १, आईतबार (९ घण्टा अघि)
  • ९७ पटक पढिएको
लुम्बिनी प्रदेशले ल्यायो ३८ अर्ब ९१ करोडको बजेट

असार १, बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार लुम्बिनी प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट पेस गरेका हुन् ।

जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३०. ८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६०.३२ प्रतिशत र वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार अर्थात् ८.८० प्रतिशत अनुमान गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारले समृद्ध लुम्बिनीः खुसी नागरिकको दिर्घकालिन आकांक्षा हासिल गर्ने संकल्प गरेको छ । उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्न गरिबी न्यूनिकरण तथा आर्थिक असानता घटाउनेगरी बजेट तथा कार्यक्रमलाई केन्द्रित गरिएको जनाइएको छ ।

बजेटमा उद्योग पर्यटन तथा यातायात मन्त्रालयका लागि १ अर्ब ९० करोड बजेट छुट्याइएको छ । स्वास्थ्य क्षेत्रमा ४ अर्ब, भूमि कृषि तथा सहकारी मन्त्रालयमा ४ अर्ब ७२ करोड छुट्याइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस