सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ अषाढ १, आईतबार (१० घण्टा अघि)
  • ५८ पटक पढिएको
सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान

असार ०१, काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै समितिले उजुरी आह्वान गरेको हो ।

सिंहदरबारमा शनिबार बसेको समितिको बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडल र उच्च अदालत दिपायलकी प्रमुख न्यायाधीश शान्तिसिंह थापाविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान गर्ने निर्णय गरेको हो ।

तीनै जनालाई गत जेठ २७ गतेको न्याय परिषद्को बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।

न्याय परिषद् सदस्यमा सिफारिस भएका वरिष्ठ अधिवक्ता महेश नेपालको नियुक्तिबारे पनि सुनुवाई प्रक्रिया प्रारम्भ भएको समितिले जनाएको छ । अब प्राप्त उजुरीहरूको अध्ययनपछि सुनुवाइ प्रक्रिया अघि बढाइनेछ ।

संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि प्रस्तावित न्यायाधीशहरू राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

ताजा अपडेट

खोजी गर्नुहोस