असार ०१, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्य सचेतक तथा सचेतकको बैठक बोलाएका छन् । सभामुख घिमिरेले संसद्को क्यालेन्डरलगायत विषयमा छलफल गर्न आज बिहान ९ बजे सिंहदरवारमा बैठक बोलाएका हुन् ।
बैठकमा मुख्यतया संसद्को अवरोध खुलाउने र आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका लागि प्रभावित भएको तालिकालाई कसरी संशोधन गर्दै संसद्लाई प्रभावकारी बनाउने भन्ने विषयमा बैठकमा छलफल हुनेछ ।
जेठ १३ गतेदेखि संसद् अवरोध भएका कारण बजेटमाथिको छलफल समेतको कार्यतालिका प्रभावित भएको छ । गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने मागसहित रास्वपा र राप्रपाले प्रतिनिधिसभा अवरोध गर्दै आएका छन् ।