मितेरी सहकारीका अध्यक्ष भण्डारीलाई कम्बोडियाबाट नेपाल ल्याइयो

धनराजकी पूर्वपत्नी अझै फरार
  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ अषाढ ५, बिहिबार (६ घण्टा अघि)
  • ७० पटक पढिएको
मितेरी सहकारीका अध्यक्ष भण्डारीलाई कम्बोडियाबाट नेपाल ल्याइयो

असार ५, काठमाडौं । मितेरी सहकारीको रकम हिनामिनाको आरोप लागेर फरार रहेका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियामा पक्राउ गरेर नेपाल ल्याइएको छ । उनलाई गएराति काठमाडौं ल्याइएको हो ।

ललितपुरको महालक्ष्मीस्थित मितेरी सेभिङ एण्ड क्रेडिट कोओपरेटिभ लिमिटेडको १४ करोड ८१ लाख रुपैयाँ अपचल भएको आरोपपछि उनी कम्बोडिया भागेका थिए । उनी कम्बोडिया पुगेको खुलेपछि प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल)ले उनीविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो–सीआइबीले जाहेरी लिएर केही तथ्य खोजी गरेको थियो । तर सहकारीको रकम हिनामिनाका मुख्य आरोपी नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङका पूर्वपत्नी ज्योति गुरूङ भने अझै फरार छिन् । उनका विरुद्ध रेड नोटिस जारी भएको छ ।

यो सहकारी ठगीमा कांग्रेसका उपसभापति धनराज गुरूङको नामसमेत मुछिएको छ । ​ज्योतीबहादुर पक्राउ परेपछि यो ठगी धन्दाको थप रहस्य खुल्ने छ प्रहरीको विश्वास छ ।

धनराजकी पूर्वश्रीमती ज्योति गुरूङ २०५७ सालदेखि सहकारीमा कार्यरत थिइन् । २०७५ सालमा सहकारीको प्रमुख कार्यकारी अधिकृत भएकी ज्योतिले रकम अपचलन गरेको सञ्चालक समितिका सदस्यहरूको दाबी छ ।

तत्कालिन अवस्थामा ज्योतिले बैंकमा रहेका ज्योतिबहादुर भण्डारीलाई नै रकम पठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । ज्योतिले सहकारीको करिब ६ करोड रकम अपचलन गरेको दाबी गरिएको छ।

बढी पैसा आउने नाममा ज्योति गुरूङले ज्योति भण्डरीकै लागि ५० जना भन्दा बढीको खातामा पैसा जम्मा गरेको खुलेको छ । तर पछि ज्योति भण्डारी गायब भएपछि सहकारीको पैसा डुबेको आशंका छ ।

ताजा अपडेट

खोजी गर्नुहोस