दुम्कीवास-दाउन्ने सडक अवरुद्ध, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ अषाढ ५, बिहिबार (४ घण्टा अघि)
  • ६९ पटक पढिएको
दुम्कीवास-दाउन्ने सडक अवरुद्ध, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह

असार ५, काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्कीवास-दाउन्ने खण्डमा सवारी आवागमन प्रभावित भएको छ । विनयी खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुर्‍याउँदा र सडक हिलो र चिप्लो भएका कारण यातायात आवागमनमा समस्या प्रभावित भएको हो ।

डाभइर्सनमा क्षति भएका कारण उक्त सडकखण्डको विश्वकर्मा मन्दिर, घ्यूखोलालगायतका स्थानमा सडक चिप्लो भई सवारी साधन फस्ने र चिप्लिने गरेको प्रहरीले जनाएको छ । सडक बिग्रिएकोले जाम र दुर्घटनाको जोखिम भएकोले वैकल्पिक रुटको प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले आग्रह गरेको छ ।

पूर्वबाट पश्चिम जाने गाडी नारायणगढ–मुग्लिन–पोखरा–स्याङ्जा–बुटवल हुँदै र काठमाण्डौबाट पश्चिम जाने गाडी मुग्लिन–पोखरा–स्याङ्जा–बुटवल हुँदै जान प्रहरीको आग्रह छ ।

पश्चिमबाट पूर्व जाने गाडीले बुटवल–स्याङ्जा–पोखरा–मुग्लिन तथा साना गाडीले अवस्था बुझेर कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–पिपलडाँडा सडकको विकल्प प्रयोग गर्न सक्ने प्रहरीको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस