प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको विदेश भ्रमणको लर्को

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ अषाढ ४, बुधबार (५ घण्टा अघि)
  • ५७ पटक पढिएको
प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको विदेश भ्रमणको लर्को

असार ४, काठमाडौं । प्रधानमन्त्रीदेखि मन्त्रीहरु विदेश भ्रमणमा जान लागेका छन् । गत सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा हुने स्पेन भ्रमणको प्रतिनिधिमण्डल गठन गर्नेदेखि अन्य मन्त्रीको विदेश भ्रमणलाई स्वीकृत दिएको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल असार १६ गतेदेखि २१ गतेसम्म स्पेन भ्रमणमा जानेछ । त्यसअघि असार १३ देखि १५ गतेसम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल टर्कीमा आयोजना हुने ग्लोवल ट्रान्सपोर्ट कनेक्टिीभिटी फोरम २०२५ मा सहभागी हुने कार्यक्रम छ ।

यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरुङ असार २३ गतेदेखि २७ गतेसम्म स्वीट्जरल्याण्ड जाने भएका छन् । उनी जेनेभामा सञ्चालन हुने वल्र्ड समिट अन द इन्फरमेसन सोसाइटी फोरम हाइ लेभल इभेन्ट तथा एआई फर गुड ग्लोवल समिट २०२५ कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय प्रदीप पौडेल असार ९ गतेदेखि १३ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजित एक कार्यक्रममा सहभागी हुनेछन् । यस्तै, युवा तथा खेलकुद मन्त्री माननीय तेजुलाल चौधरी हिजो र आज दुबईमा आयोजित खेलकुदसम्बन्धी २०औँ एशिया-ओशिनिया क्षेत्र अन्तर–सरकारी मन्त्रीस्तरीय बैठकमा सहभागी हुने कार्यक्रम पनि सोही मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस