युएनएफपिएको सर्वेक्षण

नेपालमा रोजगारीको असुरक्षा र बढ्दो घर खर्चले बच्चा जन्माउने निर्णय जटिल बन्दै

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ ४, बुधबार (५ घण्टा अघि)
  • ४६ पटक पढिएको
नेपालमा रोजगारीको असुरक्षा र बढ्दो घर खर्चले बच्चा जन्माउने निर्णय जटिल बन्दै

असार ४, काठमाडौँ । नेपालमा बच्चा जन्माउने निर्णय जटिल अबस्थामा पुगेको एक सर्वेक्षणले देखाएको छ । संयुक्त राष्ट्र संघिय जनसंख्या कोष (युएनएफपिए)का अनुसार वैदेशिक रोजगारीका कारण दम्पति अलग रहनुपर्ने तथा बच्चाको हेरचाह सम्बन्धी लैङ्गिक मान्यताहरूका कारण नेपालमा सन्तान जन्माउने निर्णय जटिल अबस्थामा पुगेको छ ।

युएनएफपिएले गरेको सर्वेक्षणका ५० प्रतिशतभन्दा बढी सहभागीहरूले आर्थिक कठिनाइहरुका कारण बच्चा जन्माउन नसकेको बताएका छन् । जीवनयापन खर्च, आवास, बाल हेरचाहका कारण आमबुबा बन्ने मुख्य बाधाका रूपमा देखापरेको छ । नेपालमा शहरीकरण, रोजगारीको अशुरक्षा, बढ्दो घर खर्च र कार्य स्थलमा असहज अवस्थाका कारण युवाहरूलाई बच्चासहितको सुरक्षित भविष्यको कल्पना गर्न नै कठिन भएको उक्त सर्बेक्षणमा उल्लेख छ ।

विश्वव्यापी रूपमा ३१ प्रतिशत मानिसहरू आफूले चाहेको संख्यामा सन्तान जन्माउन नसकेको बताएका छन् भने १२ प्रतिशतले आफूले चाहेको भन्दा धेरै सन्तान भएको जनाएका छन् । विश्वव्यापी रूपमा ५० वर्षभन्दा माथिका ४३ प्रतिशत मानिसहरूले आफूले चाहेको परिवार संख्या पूरा गर्न नसकेको बताएका छन् ।

नेपालको बागमती प्रदेश जस्ता ठाउँहरूमा आफुले ईच्छा गरेको भन्दा कम सन्तान जन्मिने गरेको छ । मधेस प्रदेश जस्ता क्षेत्रमा मानिसहरूले आफूले चाहेकोभन्दा बढी बच्चा भएको बताएका छन । नेपालमा दुई वा सो भन्दा बढी बच्चा जन्माउने ईच्छा राखे पनि, दम्पतिहरूले कम बच्चा जन्माईरहेका छन् । यो प्रबृत्ति बिकसित प्रदेश बाग्मती र गण्डकीमा पनि देखिएको छ ।

नेपालको कूल प्रजनन् दर २ प्रतिशत भन्दा कम भएको छ । राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. आर.पि. बिच्छाले जनसंख्याको यो अवस्था र गतिशिलतालाई मध्यनजर गर्दै हामिले हाम्रा नीतिहरुमा पुनर्बिचार गर्नु पर्ने बताए । युवाहरूको उत्पादकत्व बृद्दि र जीवन गुणस्तरको प्रबद्धन नै नीतिको मूख्य लक्ष्य हुनुपर्नेमा उनको जोड छ ।

ताजा अपडेट

खोजी गर्नुहोस