असार ३, काठमाडौं । गोल्छा ग्रुपको शीर्षक साझेदारीमा ग्लोकल प्रा.लि. द्वारा सञ्चालित ग्लोकल टीन हिरो नेपाल २०२५ को ११औं संस्करणका लागि आवेदन खुला गरिएको छ । किशोरकिशोरीहरूको प्रतिभा, सामाजिक योगदान र नेतृत्व क्षमतालाई सम्मान गर्ने उद्देश्यले यो प्रतिष्ठित कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
ग्लोकल टीन हिरो (GTH) केवल एक अवार्ड कार्यक्रम नभई परिवर्तनका संवाहक किशोरकिशोरीहरूलाई सशक्त बनाउँदै नयाँ पुस्तामाझ प्रेरणाको स्रोत बन्ने उद्देश्य राखेको पहल हो । ग्लोकल प्रा.लि. स्वयं सीप विकास, शिक्षा र प्रशिक्षणका क्षेत्रमा सक्रिय अग्रणी संस्था हो ।
पृष्ठभूमि र विस्तार
ग्लोकल टीन हिरोको सुरुआत सन् २०१५ मा काठमाडौं उपत्यकामा भएका प्रतिभावान किशोरकिशोरीहरूलाई सम्मान गर्न गरिएको थियो । २०१६ देखि यसलाई देशव्यापी बनाइएको हो । हालसम्म देशका विभिन्न भागका सयौं किशोरकिशोरीहरूले यस मञ्चमार्फत अवसर पाएका छन् ।
यस पहललाई सन् २०१९, २०२० र २०२२ मा क्रमशः भारत, श्रीलंका र बंगलादेशसम्म विस्तार गरिएको छ । नेपालबाट सुरु भएको यो अभियानले अब दक्षिण एशियाका किशोरहरूलाई समेत समेट्ने प्रयास गरिरहेको छ ।
को-को आवेदन दिन सक्छन् ?
ग्लोकल टीन हिरो नेपाल २०२५ का लागि देशभरका १३ देखि १९ वर्ष उमेर समूहका सबै उत्साही, समर्पित र नेतृत्व क्षमता भएका किशोरकिशोरीहरू आवेदन दिन सक्नेछन् । आफ्नो समुदायमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित युवाहरूका लागि यो उपयुक्त प्लेटफर्म हो ।
यदि तपाईंले शिक्षा, सामाजिक सेवा, उद्यमशिलता, वातावरण संरक्षण वा अन्य कुनै क्षेत्रमा उल्लेखनीय योगदान पुर्याइरहनुभएको छ भने, तपाईंले आवेदन दिन सक्नुहुन्छ । मनोनयनको माध्यमबाट अरू व्यक्तिहरूले पनि कुनै किशोरकिशोरीलाई प्रस्ताव गर्न सक्नेछन् ।
आवेदन प्रक्रिया र समयसीमा
ग्लोकल टीन हिरो एक पूर्णतः निःशुल्क कार्यक्रम हो । आवेदन https://glocalteenhero.com/nepal. मार्फत अनलाइन माध्यमबाट दिन सकिन्छ । आवेदन आजदेखि २०२५ जुलाई ३० सम्म दिन सकिनेछ । यस वर्ष ग्लोकल टोलीले देशभरका ६० भन्दा बढी शहरमा पुगेर किशोरकिशोरीहरूसँग प्रत्यक्ष संवाद गर्ने योजना बनाएको छ ।
छनोट प्रक्रिया
आवेदन प्राप्त भएपछि प्रारम्भिक मूल्यांकन गरिनेछ । त्यसपछि शीर्ष ६ फाइनलिस्ट छनोट गरिनेछन्, जसले अन्तिम प्रतिस्पर्धामा भाग लिने अवसर पाउनेछन्। छनोटमा सहभागीको दिगोपन, सामाजिक प्रभाव, नेतृत्व क्षमता र उपलब्धि आधार बनाइनेछ ।
विशिष्ट निर्णायक मण्डल
यस वर्षको निर्णायक मण्डलमा विविध क्षेत्रका विशिष्ट व्यक्तित्वहरू रहनेछन् ।
-चन्द्रिका कालिया, राष्ट्रिय निर्देशक, कोका–कोला नेपाल
-डा. घनश्याम गुरुङ, राष्ट्रिय निर्देशक, ध्ध्ँ नेपाल
-सीमा गोल्छा, निर्देशक, गोल्छा ग्रुप
-सुरज वैद्य, अध्यक्ष, वैद्यज अर्गनाइजेसन
-थोमस मिलर, कार्यवाहक प्रमुख, युरोपेली संघ, नेपाल
साझेदारहरूको साथमा
ग्लोकल टीन हिरो नेपाल २०२५ का लागि संस्थागत सहयोग गर्ने साझेदारहरू छन्
-शीर्षक साझेदार: गोल्छा ग्रुप
-रणनीतिक साझेदार: युरोपियन युनियन, भारतीय दूतावास
-शैक्षिक साझेदार: एम्बार्क कलेज
-प्रमुख साझेदारहरू: होन्डा, कोका–कोला, डब्लुडब्लुएफ, पञ्चकन्या समूह, केएफसी, टोयोटा, रियल
-बैंकिङ साझेदार: ग्लोबल आइएमई बैंक, नबिल बैंक, नेपाल एसबीआई
-प्रवर्द्धक साझेदार: नेपाल पर्यटन बोर्ड
यस्तै अन्य साझेदारहरूमा सोल्टी होटल, वर्ल्डलिंक, हिमालय टिभी एचडी, यती एयरलाइन्स, द काठमाडौं पोस्ट, कान्तिपुर एप, पिज्जा हट, बेगानी ग्रुप, प्रिज्मा एड्भर्टाइजिङ रहेका छन् ।