खुल्यो नारायणगढ–मुग्लिन सडक, सतर्क भएर यात्रा गर्न आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ अषाढ ३, मंगलबार (३ घण्टा अघि)
  • ५५ पटक पढिएको
खुल्यो नारायणगढ–मुग्लिन सडक, सतर्क भएर यात्रा गर्न आग्रह

असार ३, काठमाडौं । पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाइएपछि काठमाडौंबाट बाहिरिने र भित्रिने सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

आज दिउँसो इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध बनेको सडक पहिरो पन्छाइएपछि दुईतर्फी आवागमन सुरु भएको सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख नारायण प्रशाद लामिछानेले जानकारी दिए ।

सडकमाथिबाट ढुंगा समेत खसिरहेकाले सतर्क रहन सडक डिभिजन कार्यालय भरतपुरले आग्रह गरेको छ । सडकको अवस्था बुझेर, हेरेर मात्र यात्रा गर्न सडक डिभिजन कार्यालयले अनुरोध समेत गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस