पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ अषाढ ३, मंगलबार (६ घण्टा अघि)
  • ५३ पटक पढिएको
पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध

असार ३, काठमाडौं । पहिरोका कारण कालिगण्डकी करिडोर अवरुद्ध छ । गुल्मीको कालिगण्डकी गाउँपालिका-६ को बर्लवामा माथिबाट निरन्तर खसेको ठूलो पहिरोले करिडोर पूर्णरूपमा अवरुद्ध भएको हो ।

सोमबार दिउँसो साढे १२ बजे पहिरो खसेपछि करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिए । पहिरो खस्न रोकिए मङ्गलबार दिउँसो केही काम गर्न सकिने अनुमान गरेको उनले बताए ।

उनका अनुसार यातयातका साधन पूर्तिघाटबाट वैकल्पिक सडक प्रयोग गर्न लगाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस