असार २, काठमाडौं । काठमाडौंको कलंकीमा माईक्रो भ्यानको ठक्करबाट एक स्कुले विद्यार्थीको मृत्यु भएको छ ।
कलंकीस्थित ईडीफाई ईन्टरनेशनल स्कुलको कमाउण्डभित्र सोही स्कुलको माईक्रो भ्यानको ठक्करबाट सोही स्कुलमा अध्ययनरत काठमाडौं कुलेश्वर बस्ने सर्लाही घर भएकी ९ वर्षीया सोनाक्षी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
माईक्रो भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी उनको सहिद मेमोरीयल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यानको ठक्करबाट घाइते भएका ६ जना मध्ये ५ जनाको नेपाल नेशनल अस्पतालमा र १ जनाको बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ प्रहरीले जनाएको छ ।