असार २, काठमाडौं । सरकारले चैते धानको न्युनतम समर्थन मुल्यप्रति क्विन्टल २८ सय ६९ पैसा तोके पनि झापा लगायत पुर्व र पश्चिमका जिल्लाहरुमा किसानले १५ देखि १६ सय रुपैयामा विक्रि गर्नुपर्ने अवस्था आएको वताएका छन ।
हाल डेढ लाख मेट्रिक टनको हाराहारीमा किसानसँग विक्रिका लागि रहेको अनुमान कृषि तथा पुशपंक्षि विकास मन्त्रालयले गरेको छ । मन्त्रालयका अनुसार पछिल्लो समय मात्र भारतवाट ३१ अर्व जतिको चामल आयत भएको छ ।
किसानले चैते धानको उचित मुल्यन पाएको गुनासो गरेपछि आज वाणिज्य मन्त्रालयमा छलफल भएको छ । दुवै मन्त्रालयका सचिव , खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायतसँग मन्त्री रामनाथ अधिकारी र दामोदर भण्डारीले छलफल गरेका हुन् ।
किसानका समस्या समाधान गर्ने भन्दै हरेक वर्ष, हरेक महिना मन्त्रीहरुले उपलब्धी विहीन छलफल गरेर आँखामा छारो हाल्ने काम गर्दै आएका छन् ।