बहुमूल्य पत्थरमा भ्याट र विलासिता करको बिरोधमा देशभरका सुनचाँदी पसल बन्द

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ अषाढ २, सोमबार (७ घण्टा अघि)
  • ५३ पटक पढिएको
बहुमूल्य पत्थरमा भ्याट र विलासिता करको बिरोधमा देशभरका सुनचाँदी पसल बन्द

असार २, काठमाडौं । देशभरका सुनचाँदी पसल बन्द भएका छन् । भ्याट र विलासिता करको बिरोधमा व्यवसायीहरुले सुनचाँदी पसल बन्द गरेका हुन् । व्यवसायीले सटर लगाएर मागपत्र सहितको ब्यानर टाँगेका छन् । हरेक दिन सुनचाँदीको मुल्य तोकिए पनि कारोबार शुन्य छ ।

नेपाल रत्न तथा आभूषण सङ्घले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर आगामी वर्षको बजेटमा हीरा तथा बहुमूल्य पत्थरमा भ्याट र सुनमा दुई प्रतिशत विलासिता कर लाग्ने व्यवस्था गरेकामा त्यसबाट आफूहरूको व्यवसाय बन्द हुनसक्ने भएकाले पुनर्विचार हुन जरुरी भएको जनाएको छ ।

सङ्घका अध्यक्ष सुमनमान ताम्राकारले सुनचाँदी तथा रत्नका आभूषणमा कर लगाउँदा करिब तीन खर्ब ५० अर्ब रुपैयाँ लगानी गरेका २५ हजार व्यवसायी मात्र प्रभावित नभई तीन लाख कालिगढ र तिनका आश्रितसमेत समस्यामा पर्ने भएकाले पुनर्विचार गर्न आग्रह गरे ।

संघले हिरा र बहुमूल्य पत्थरलाई पुनः मूल्य अभिवृद्धिकर छुट हुने वस्तुको सूचीमै राख्नुपर्ने, सुनमा विलासिता कर लगाउने प्रावधान खारेज गर्नुपर्ने र सुनचाँदी, हिरा तथा बहुमूल्य पत्थरको कारोबारसम्बन्धी स्पष्ट नीति, निर्देशिका अविलम्ब जारी गर्नुपर्ने, गरगहना व्यवसायलाई समेत ड्युटी ड्र ब्याकको सुविधा प्रदान गर्नुपर्ने लगायतका माग गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस