अकल्याण्ड सिटीविरुद्ध बार्यनको फराकिलो जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ अषाढ २, सोमबार (९ घण्टा अघि)
  • ५० पटक पढिएको
अकल्याण्ड सिटीविरुद्ध बार्यनको फराकिलो जित

असार २, काठमाडौं । जर्मन बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिखले फिफा क्लब विश्वकपमा शानदार जित निकालेको छ । आइतबार राति सिनसिनाटीस्गित टिक्यूएल स्टेडियममा भएको समूह सी को खेलमा बार्यनले न्युजिल्यान्डको अकल्याण्ड सिटीविरुद्ध १०–० को फराकिलो जित निकालेको हो ।

बायर्नको जितमा जमाल मुसियालाले ह्याट्रिक गरे । बायर्नका लागि आफ्नो अन्तिम खेलमा थोमस मुलरले दुई गोल गरे । पहिलो हाफको छैटौँ मिनेटमा नै किंग्स कोमनले हेड गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको १८ औँ मिनेटमा साचा बोएले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । २० औँ मिनेटमा क्रिष्टल प्यालेसका पुर्व खेलाडी माइकल ओलिसले मुलरको क्रसलाई पोष्टको गति दिदै टोलीलाई अग्रता ३–० को अग्रता दिलाए ।

त्यसको १ मिनेटमा नै अर्थात खेलको २१ औँ मिनेटमा मुसियालाले व्यक्तीगत दोस्रो गोल गर्दा टोलीका लागि चौथो गोल गरे । मुलरले ओलिसको क्रसलाई नियन्त्रणमा लिर्दै टोलीका लागि पाचौँ गोल गरे । लगत्तै ओलिसले व्यक्तीगत दोस्रो गोल गर्दा बायर्नले पहिलो हाफमा नै ६–० को फराकिलो अग्रता बनायो ।

खेलको ६७ औँ मिनेटमा मुसियालाले बायर्नका लागि सातौँ गोल थपे । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मुसियालाले छैटौँ मिनेटमा नै गोल गरेका थिए । मुसियालाले ७३ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै बायर्नलाई ८–० को अग्रता दिलाए। एकपक्षिय खेलको ८४ औँ मिनेटमा मुसियालो ह्याट्रिक पूरा गरे ।

ह्यामस्ट्रिङ चोटका कारण बुन्डेस लिगाको सिजनको अन्तिम ६ खेल गुमाएका मुसियाला दा्स्रो हाफमा मात्र मैदान छिरेका थिए । खेलको ८९ औँ मिनेटमा मुलरले व्यक्तीगत दोस्रो गोल गर्दा बायर्नले १०–० को कीर्तिमानी जित हासिल गर्‍यो ।

जितसँगै बायर्न अंक तालिकामा समूह सी को शीर्ष स्थानमा उक्लेको छ । पराजित भएको अकल्याण्ड सिटी अंक तालिकाको पुछारमा छ ।

अब बायर्नको अर्को खेल शुक्रबार बोका जुनियर्ससँग र जुन २४ मा बेनफिकासँग हुनेछ । अकल्यान्ड सिटीले अब बेनफिकासँग शुक्रबार र बोका जुनियर्ससँग समूह चरणको अन्तिम खेल खेल्नेछ ।

यस्तै समूह ‘बी’को अर्को खेलमा युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी)ले एट्लेटिको म्याड्रिडलाई ४-० ले हराएको छ ।

पिएसजीले खेलको १९ औँ मिनेटमा फाबियन रुइजको गोलमा अग्रता लिएको थियो । मध्यान्तर अघि नै भिटिन्हाले शानदार गोल गरेपछि पिएसजीले अग्रता बढाएको थियो ।

७८ औँ मिनेटमा क्लेमेन्ट लेगमेन्टले रातो कार्ड पाएपछि एट्लेटिकोलाई अर्को धक्का लागेको थियो । ८७ औँ मिनेटमा सेनी मायुलुले पिएसजीका लागि अर्को गोल गरे ।

ली काङ यिनले इन्जुरी समयमा पेनाल्टी मार्फत अर्को गोल गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस