नेपालले आज नेदरल्यान्ड्ससँग खेल्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ अषाढ २, सोमबार (११ घण्टा अघि)
  • ७४ पटक पढिएको
नेपालले आज नेदरल्यान्ड्ससँग खेल्ने

असार २, काठमाडौं । स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग पहिलो खेल खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे स्कटल्याण्डको डन्डीमा शुरू हुनेछ ।

नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित सिरिज हिजोबाट सुरु भएको हो । सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो ।

हालै सम्पन्न आईसीसी विश्वकप लिग टु अन्तर्गतको सफल भ्रमणपछि नेपाली राष्ट्रिय क्रिकेट टोली अब टी(२० त्रिकोणात्मक सिरिजमा उत्रिन लागेको छ । लिग टु अन्तर्गत नेपालले स्कटल्याण्डमा खेलेका चार एकदिवसीय खेलमध्ये तीनमा शानदार जित निकालेको थियो ।

नेदरल्याण्ड्स नेपाल लागि सबैभन्दा धेरै पटक टी(२० खेल्ने प्रतिद्वन्द्वी हो । अहिलेसम्म दुवै टोलीबीच १३ टी(२० अन्तर्राष्ट्रिय खेल भएकोमा नेपालले ५ जित्दा नेदरल्याण्ड्सले ७ खेल जितेको छ र एक खेल भने नतिजाविहीन रहेको छ ।

सन् २०१५ मा पहिलोपटक आमना/सामना गरेका यी दुई टोलीबीच पछिल्लो भेट २०२४ को ट्वेन्टी ट्वेन्टी विश्वकपमा अमेरिकामा भएको थियो, जहाँ नेपाल ६ विकेटले पराजित भएको थियो ।

नेपाल क्रिकेट संघ ९क्यान० ले कप्तान रोहित पौडेलको कप्तानीमा टी-२० सिरिजका लागि टोलीको घोषणा गरिसकेको छ । लिग टु खेलिसकेका अधिकांश खेलाडीलाई निरन्तरता दिइएको छ भने चोटका कारण गुल्सन झा र सोमपाल कामी टोलीबाहिर छन् ।

उनीहरूको स्थानमा किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंह टोलीमा भित्रिएका छन् । किरणले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान पाएका छन् भने रुपेश डेब्यूको पर्खाइमा छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस