हुम्लाको उनापानीमा आगलागी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ अषाढ २, सोमबार (८ घण्टा अघि)
  • ५७ पटक पढिएको
हुम्लाको उनापानीमा आगलागी

असार २, सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा आगलागी हुँदा आठ घर नष्ट भएका छन् । गएराति स्थानीयवासी विर्ख रावतको घरको गोठबाट शुरु भएको हो ।

आगलागीबाट आठवटा घर जलेर पूर्ण नष्ट भएको स्थानीय धनबहादुर रावतले जानकारी दिए । सर्केगाड प्रहरी चौकीका प्रहरी निरीक्षक सुविन शाहको नेतृत्वको टोली राति नै घटनास्थलमा पुगेर अहिले आगो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताए ।

आगलागीबाट विजन फडेरा, धनबहादुर रावत, जनक रावत, विर्ख रावत, पाले फडेरा, लालकौरा फडेरा, दुधशिला फडेरा, बाटुल्ली फडेराको घर जलेर नष्ट भएका बताइएको छ ।

आगलागीबाट घरमा भएका अन्नपात, भाँडाकुँडा, लिउ फेरुवा, नागरिकता, घरको लालपुर्जा, अन्य कागजातसहित घरमा भएको नगद जलेर नष्ट भएको छ पीडित धनबहादुरले बताए । आगलागीबाट मानवीय क्षति कुनै भएको छैन् । सबै आगो नियन्त्रणमा आइसकेपछि मात्र क्षतिको विवरण आउने प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस