धवल शमशेर राणा ३ लाख धरौटीमा रिहा, मिश्र अझै फरार

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ २, सोमबार (७ घण्टा अघि)
  • ५७ पटक पढिएको
धवल शमशेर राणा ३ लाख धरौटीमा रिहा, मिश्र अझै फरार

असार २, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर राणा धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

काठमाडौँ जिल्ला अदालतका सुचना अधिकारी दिपक श्रेष्ठले आदेश आए लगत्तै राणा धरौटी बुझाएर थुनामुक्त भएको जानकारी दिए । गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा हिंसा मच्चाएको आरोपमा राणा पक्राउ परेका थिए । त्यसपछि वैशाख ७ गते उनलाई क्यान्सरको उपचारको आवश्यकताका कारण सरकारी वकिल कार्यालयको सहमतिमा हाजिरी जमानीमा रिहा गरिएको थियो ।

उक्त प्रकरणमा जोडिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने अझै फरार छन् । यसै मुद्दामा संलग्न देखिएका दुर्गाप्रसाद प्रसाईं, तारा राजावादी (सरोज गौतम), अनुप राजावादी (गोकर्ण शाही), डण्डपाणि रेग्मी, केशव बस्नेत, कुमार तामाङ र सुशील बराल भने अदालतको आदेशपछि पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भइसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस