रास्वपाको नाराबाजी र राप्रपाको बहिष्कारबीच बजेट प्रतिनिधिसभाबाट स्वीकृत

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ अषाढ २, सोमबार (५ घण्टा अघि)
  • ६० पटक पढिएको
रास्वपाको नाराबाजी र राप्रपाको बहिष्कारबीच बजेट प्रतिनिधिसभाबाट स्वीकृत

असार २, काठमाडौं । विपक्षी दुई दलको नाराबाजीका बीच ‘विनियोजन विधेयक २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त प्रस्ताव पेस गरेका थिए ।

यसअघि बजेटमाथिको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीले नाराबाजी मात्रै गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले बहिष्कार गरेको छ । नाराबाजी र बहिष्कारकाबीच बजेटमाथिको छलफल सकेर आगामी वर्षको बजेट पारित गरिएको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको नारा लागिरहँदा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका छन् । बजेटमा सत्ता र प्रतिपक्ष माओवादीका सांसद नाराबाजीकैबीच छलफलमा सहभागी भए ।

अर्थमन्त्रीले जवाफ दिँदै गर्दा नेपाली कांग्रेसकी सचेतक शुशिला थिङले रास्वपाले भिजिट भिसालाई मानव तस्करी भनेकोमा नियमापत्ती जनाइन् । उनले भनिन्, ‘आपत्तिजनक शब्दहरू यहाँ मानव तस्करीको कुराहरू उठ्यो । बोल्ने वक्ताले बोलिरहेको बेलामा अवरोध गर्ने कुराहरू उठ्यो । मानव तस्करी भनेर कसलाई भन्न खोजेको हो रु’

यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका सांसद चित्रबहादुर केसीले जनताका लागि अहिलेको बजेट कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै भएको टिप्पणी गरे । उनले योबजेटले आम जनता खुसी नभएको भन्दै बजेट मुठ्ठीभरका निम्ति बनेको बताए । सांसद केसीले मान्छे बेचेर देश चलाउने अवस्था रहेको भन्दै बजेटले स्वदेशमै रोजगारीको सम्भावना देखाउन नसकेको पनि बताए ।

यता एकीकृृत समाजवादीका सांसद प्रकास ज्वालाले भ्रष्टाचारको सीमा नाघेका बेला आएको बजेटले सुशासनका लागि कुनै प्रतिबद्धता ल्याउन नसकेको टिप्पणी गरे ।

यस्तै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सोमबार आकस्मिक समयमा भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बन्नुपर्ने र गृहमन्त्रीले राजीनामा दिनै पर्ने अडान दोहो¥याएका थिए ।उ नले गृह मन्त्रालय अन्तर्गत अध्यागमन कार्यालयको विषयमा उठेको कुराको जवाफ माग्दा सदनमा आफूहरूमाथि बल प्रयोग गरेर सदन चलाइएको भन्दै आपत्ति व्यक्त गरे ।

त्यसअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेले संसद्मा एक सय सिट भएको पार्टी र एक सिट मात्रै भएको पार्टीको पनि उत्तिकै मर्यादा र हैसियत हुनुपर्ने बताए । साथै, लिङदेनले संसद्मा विरोध जारी रहेको बेला जबरजस्ती संसद अगाडी बढाउनु संसदीय मर्यादाको दृष्टिकोणले उचित नहुने बताए ।

उनले जबसम्म संसदलाई जबरजस्ती अगाडी बढाउने काम भइराख्छ तबसम्म उक्त कर्मकाण्डमा राप्रपा सहभागी नहुने जिकिर गरे । अध्यक्ष लिङदेनले बैठक बहिष्कार गर्दै बैठक भत्ता राजश्वमा फिर्ता हुने व्यवस्था गर्न आग्रह गरे ।

बजेटमाथिको छलफलमा भएका आलोचना र विरोधप्रति अर्थमन्त्री पौडेल रत्क्षात्मक देखिए । अब प्रतिनिधिसभाको अर्को बैठक यही असार ३ गते मंगलबार दिउँसो १ः०० बजे बस्नेछ । विभिन्न मन्त्रालयको बजेटमाथिको छलफल भने यही असार ५, ६ र ७ गते हुनेछ । असार ६ गते संसद्‌मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस