पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ २, सोमबार (७ घण्टा अघि)
  • ४३ पटक पढिएको
पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश

असार २, काठमाडौं । उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश ऋषिराज भण्डारीको इजलासले आज पाठकलाई कानुनसम्वत् बाहेक पक्राउ नगर्न आदेश जारी गरेको उच्च अदालत पाटनकी सूचना अधिकराी पार्वती हितानले जानकारी दिइन् ।

आफूलाई गैरकानूनीरुपमा पक्राउ गर्न खोजिएको भन्दै पाठक उच्च अदालतमा निवेदन दिन पुगेका थिए । सोही रिटमा सुनुवाई गर्दै उच्च अदालत पाटनले उक्त आदेश दिएको हो ।

विद्युतीय कारोबार ९साइबर अपराध० मुद्दामा प्रकाउ गरी अुनसन्धान गर्न प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालतबाट अनुमति लिएको थियो ।

उक्त रिटमाथि छलफलका लागि असार ५ गते दुवै पक्षलाईलाई बोलाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस