असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ अषाढ २, सोमबार (८ घण्टा अघि)
  • ५८ पटक पढिएको
असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

असार २, काठमाडौं । असार ६ गते प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरुको प्रश्नोत्तर हुने भएको छ । सोमवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले असार ६ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने जानकारी दिए ।

साथै बैठकले विनियोजन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको छ । उक्त प्रस्ताव उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका थिए ।

साथै, विनियोजन विधेयक, २०८२ माथिको विभिन्न मन्त्रालय एवम् सचिवालयअन्तर्गतका विभिन्न शीर्षकहरूमाथि छलफल गर्न र सम्बन्धित मन्त्रीले आफ्नो मन्त्रालय र सचिवालयसँग सम्बन्धित प्रश्नहरूको उत्तर दिनका लागि आगामी असार ५, ६ र ७ गते तोकिएको सभामुख घिमिरेले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस