नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सूपरओभरमा पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ अषाढ ३, मंगलबार (५ घण्टा अघि)
  • ४५ पटक पढिएको
नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सूपरओभरमा पराजित

असार ३, काठमाडौं । स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सूपरओभरमा पराजित भएको छ ।

टस जितेर सुरुमा फिल्डिङ रोजेको नेपालले निर्धारित–२० ओभरमा नेदरल्यान्ड्सलाई ७ विकेटको क्षतिमा १५२ रनमा रोकेको थियो । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिएका थिए ।

१ सय ५३ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा बराबरी रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४८ रन बनाए ।

त्यसपछि सूपरओभर भयो । सूपरओभरमा पहिले ब्याटिङ गर्दै नेपालले १ विकेट गुमाएर १९ रन बनायो । जबाफमा २० रनको लक्ष्य पछ्याउँदै नेदरल्यान्ड्सले १९ रन मात्र बनायो र बराबरी भयो ।

अनि फेरि दोस्रो सूपरओभर भयो । दोस्रो सूपरओभरमा नेदरल्यान्ड्सले सुरुमा ब्याटिङ गर्दै १ विकेटको क्षतिमा १७ रन बनायो । जबाफी ब्याटिङ गर्दै नेपालले ६ बलमा पुनः १७ रन नै बनायो र फेरि बराबरी भयो ।

अनि तेस्रो सूपरओभरमा नेपालले सुरुमा ब्याटिङ गर्दै १ रन बनाउनु अगावै २ विकेट गुमायो । अर्थात् नेदरल्यान्ड्सले खेल जित्न जम्मा १ रनको लक्ष्य पायो ।

जबाफी ब्याटिङ गर्दै नेदरल्यान्ड्सले १ बलमै ६ रन बनायो र खेल जित्यो ।

शृङ्खलाको पहिलो खेलमा आइतवार नेदरल्यान्ड्स स्कटल्यान्डसँग हारेको थियो । नेपालले आज स्कटल्याण्डसँग दोस्रो खेल खेल्दैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस