प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा जाने

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ अषाढ ३, मंगलबार (६ घण्टा अघि)
  • ६४ पटक पढिएको
प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा जाने

असार ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली असार १४ गते स्पेन भ्रमणमा जाने भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा प्रधानमन्त्री ओ‌ली स्पेन भ्रमणमा जान लागेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको स्पेन भ्रमण स्वीकृत गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए । प्रधानमन्त्री ओली असार २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले जलस्रोत विधेयक फिर्ता लिने निर्णय गरेको छ । विधेयकका केही बुँदालाई स्वार्थ समूहले प्रभावित पारेको आशंकामा विधेयक फिर्ता लिइएको ती मन्त्रीको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस