SCT-UPI कार्ड ग्राहकहरूलाई मौलाकाली केवल कारमा १०% छुट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ अषाढ ३, मंगलबार (४ घण्टा अघि)
  • ४७ पटक पढिएको
SCT-UPI कार्ड ग्राहकहरूलाई मौलाकाली केवल कारमा १०% छुट

असार ३, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) का ग्राहकहरूलाई मौलाकाली केवल कारमा १०% छुट हुने भएको छ । यो सेवा एससीटी-युपीआई (SCT-UPI) कार्ड प्राप्त सम्पूर्ण ग्राहकले पाउनेछन् ।

नवलपरासी पश्चिम जिल्लाको गैँडाकोटमा अवस्थित यस मन्दिरमा दर्शन गर्न आउने आगन्तुकहरूको यात्रा अझ सहज र शुलभ हुने अपेक्षा गर्दै एससीटी र मौलाकाली केवल कारले यस अफर ल्याएको हो । अफर अन्तर्गत ग्राहकहरूले आफ्नो एससीटी-युपीआई (SCT-UPI) कार्डबाट POS मेसिन मार्फत टिकट खरिद गर्दा १०% छुट हुनेछ ।

एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी-युपीआई (SCT-UPI) कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ ।

SCT-UPI कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी-युपीआई (SCT-UPI) कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नुहुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस