इजरायल र इरानमा रहेका नेपालीको उद्धारका लागि के छ सरकारको तयारी ?

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ अषाढ ३, मंगलबार (४ घण्टा अघि)
  • ५५ पटक पढिएको
इजरायल र इरानमा रहेका नेपालीको उद्धारका लागि के छ सरकारको तयारी ?

असार ३, काठमाडौं । इजरायल र इरानबीच युद्ध बढेसँगै सरकारले त्यहाँ रहेका नेपाली नागरिकलाई सुरक्षित राख्न तथा आवश्यक परे उद्धार गर्नेगरी तयारी अघि बढाएको छ । यस सम्बन्धमा आज सरोकारवाला मन्त्रालयहरुका अधिकारीहरुको आकास्मिक बैठक बसेको छ ।

श्रम सचिव कृष्णहरि पुष्करको अध्यक्षतामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको आपत्कालीन बैठकले इजरायल र इरानमा रहेका नेपालीको सुरक्षा, उद्धारलगायत आवश्यक र उचित कदम चाल्ने निक्र्योल निकालेको परारष्ट्र मन्त्रालयका प्रबक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए ।

बैठकमा गृह, परराष्ट्र, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति लगायत सरोकारवाला निकायको सहभागिता थियो । बैठकले युद्धग्रस्त क्षेत्रबाट नेपालीको उद्धारका लागि राज्यका सबै संयन्त्र परिचालन गर्ने र आवश्यक स्रोत र साधन जुटाउने निर्णय गरेको छ ।

इजरायल वा इरानबाट तेस्रो मुलुक हुँदै फर्कन चाहने नेपालीलाई बोर्डरमा भिसा दिन कूटनीतिक माध्यममार्फत सम्बन्धित देशलाई पत्राचार गर्नेदेखि भारत र चीनले आफ्ना नागरिकको उद्धार गर्नेक्रममा नेपालीलाई पनि समावेश गराउन कूटनीतिक पहल गरिनेछ ।

मध्यपूर्व क्षेत्रमा गैर–आवश्यक कामका लागि जान रोक लगाउन यात्रा परामर्श (ट्राभल एडभाइजरी) जारी गरिनेछ । त्यस्तै, भर्खरै भिसा लिएर जान लागेका श्रमिकलाई रोक्न रोजगारदाता कम्पनीमार्फत आग्रह पनि गरिने भएको छ ।

अहिले दुवै देशका सम्बन्धीत दुतावासहरुले नेपाली समुदायसंग सम्पर्क गर्ने, आवश्यक सुरक्षा सर्तकता अपनाउने लगायतका कार्यहरु गरिरहेको परराष्ट्रका प्रबक्ता ढकालले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस