बन्द सुनचाँदी पसल आजदेखि खुल्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ अषाढ ४, बुधबार (६ घण्टा अघि)
  • ४८ पटक पढिएको
बन्द सुनचाँदी पसल आजदेखि खुल्ने

असार ४, काठमाडौँ । सुनचाँदी व्यवसायीका मागमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक भएसँगै व्यवसायीले आजदेखि पसल खुलाउने भएका छन् ।

मंगलबार व्यवसायीहरुले प्रधानमन्त्री ओलीसँग भेट गरि सुनचाँदी कारोबारमा लगाइएको दुई प्रतिशत विलासिता कर तथा हिरा र बहुमूल्य पत्थरमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने व्यवस्थाबाट परेको मर्काबारे ध्यानाकर्षण गराएका थिए ।

भेटमा प्रधानमन्त्री ओलीले व्यवसायीका मागका विषयमा सम्बन्धित निकायसँग बुझेर पूरा गर्न सक्ने माग सम्बोधन गर्न लाग्ने बताएको सुनचाँदी व्यवसायी महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यले जानकारी दिए । मागका विषयमा प्रधानमन्त्रीले सकारात्मक आश्वासन दिएसँगै व्यवसायी पछि हटेका हुन् ।

व्यवसायीहरु कर र भ्याट खारेजीको माग गर्दै एक सातादेखि पसल बन्द गरेर आन्दोलन गर्दै आएका थिए । सरकारले आगामी वर्षको बजेटमा हीरा तथा बहुमूल्य पत्थरमा भ्याट र सुनमा दुई प्रतिशत विलासिता कर लाग्ने व्यवस्था गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस