कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

असार ४, काठमाडौँ । कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दैछ । बैठकबिहान ८ः३० बजे पार्टी कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेस पुराना नेता एवं पूर्वसांसद ढुंण्डीराज शास्त्रीप्रति पार्टीका तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्न र सम्मान साथ अन्तिम बिदाइ गर्नका लागि आकस्मिक बैठक बोलाइएको हो ।

शास्त्रीको ९३ वर्षको उमेरमा सोमबार निधन भएको थियो । कांग्रेस नियमित केन्द्रीय कार्यसमितिको बैठक असार १५ गतेका लागि बोलाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस