राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न अदालतको आदेश

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ अषाढ ४, बुधबार (४ घण्टा अघि)
  • ६१ पटक पढिएको
राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न अदालतको आदेश

असार ४, काठमाडौं । काठमाडौं महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ ।

आज उच्च अदालतका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पाण्डेको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले पाण्डेलाई गत जेठ २० गते ६ महिनाका लागि निलम्बन गरेका गर्नुभएको थियो । उक्त निलम्बनविरुद्ध पाण्डेले हिजो उच्चमा उत्प्रेषणको रिट दायर गरेका थिए ।

उच्चले निवेदनको टुङ्गो नलागेसम्म पाण्डेलाई पदमा रही कामकाज गर्न दिन अन्तरिम आदेश जारी भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस