इजरायलमा कामदार पठाउन तत्काललाई रोक

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ ४, बुधबार (२ घण्टा अघि)
  • ३८ पटक पढिएको
इजरायलमा कामदार पठाउन तत्काललाई रोक

असार ४, काठमाडौं । नेपालले इजरायल कामदार पठाउन तत्काललाई रोक लगाएको छ । इजरायल र इरानबीच तनाव बढ्दै गएपछि तत्काल इजरायल कामदार पठाउने प्रक्रिया रोकिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

इजरायल र इरानबीच द्धन्द बढेपछि केयर गिभरको रुपमा इजरायल जान लागेका ३५ जना नेपाली कामदारलाई रोकिएको विभागका प्रवक्ता चन्द्रबहादुर सिवाकोटीले जानकारी दिए । इजरायलमा विमानस्थल नै बन्द रहेको अवस्थामा कामदार पठाउने स्थिती नरहेकाले अर्काे सूचना जारी नभएसम्म उनीहरुलाई रोकिएको उनको भनाइ छ ।

भिसा सम्बन्धी सबै तयारी सकेर बसेका नेपाली कामदारलाई इजरायलबाट अवस्था सामान्य बनेको खबर आउने बित्तीकै पठाइने उनले बताए । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मातहतको वैदेशिक रोजगार विभागले छनोट भएका श्रमिकलाई सरकारी तवरमै इजरायल पठाउने काम गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस