आरआर क्याम्पसमा लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु समिति वैधानिक

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ अषाढ ५, बिहिबार (४ घण्टा अघि)
  • १९ पटक पढिएको
आरआर क्याम्पसमा लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु समिति वैधानिक

असार ५, काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) सम्बन्धी लामो समयदेखि चल्दै आएको विवाद अन्ततः टुंगोमा पुगेको छ । उच्च अदालत पाटनले रिट खारेज गर्दै स्ववियुलाई पूर्ण रुपमा वैधानिकता प्रदान गरेको हो ।

बिनोद राज जोशीसहितले दायर गरेको रिट र रविन राज खत्रीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले दुवै रिट खारेज गर्ने फैसला गरेको हो । वादीहरुले स्ववियु गठनमा आफूहरुलाई समावेश नगरिएको र प्रक्रियागत त्रुटि भएको दाबी गर्दै रिट दायर गरेका थिए ।

नेवि संघ निकट असन्तुष्ट समूहले आफूहरुको जानकारीविना स्ववियु समिति घोषणा गरिएको आरोप लगाउँदै रिट दायर गरेका थिए । तर, अदालतले माग अनुरूप स्ववियु खारेज गर्नु पर्ने कुनै वैधानिक आधार नभएको ठहर गरेको छ ।

यो फैसलासँगै सभापति लोकेश कुमार खड्का र सचिव शैलेन्द्र उपाध्यायको नेतृत्वमा रहेको वर्तमान स्ववियुले विधिवत रूपमा आफ्नो कार्यकाल अगाडि बढाउने भएको छ ।

यसअघि स्ववियु गठन प्रक्रियामै असहमति जनाउँदै केही समूहले निरन्तर विवाद गर्दै आएका थिए । अदालतको स्पष्ट निर्णयसँगै अब स्ववियु आफ्ना नियमित क्रियाकलाप अघि बढाउन बाधा नहुने विद्यार्थी नेताहरुले प्रतिक्रिया दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस