असार ६, काठमाडौं । हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव छ । देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ । यस्तै भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, मधेश, बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । देशको पहाडी भूभागको केही तथा बाँकी भूभागको थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । कोशी र मधेश प्रदेशका तराईका भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।
राति पनि देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । देशको पहाडी भूभागको केही तथा बाँकी भूभागको थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।