यु–२३ एसियन कप छनोटमा नेपाल ‘पट’ ४ मा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ बैशाख २३, मंगलबार (५ घण्टा अघि)
  • ४३ पटक पढिएको
यु–२३ एसियन कप छनोटमा नेपाल ‘पट’ ४ मा

वैशाख २३, काठमाडौं । नेपाल एएफसी यु–२३ एसियन कप २०२६ छनोटमा ‘पट’ ४ मा परेको छ । एसियन फुटबल महासंघ (एएफसी)ले सोमबार सार्वजनिक गरेको ‘ड्र’ तालिकामा नेपाल ‘पट’मा ४ मा परेको हो ।

सिडिङ ‘पट’ पछिल्ला तीन यु–२३ एसियन कप (२०२०, २०२२, २०२४) का समग्र प्रदर्शनको आधारमा निर्धारण गरिएको हो । ‘पट’ ४ मा नेपालसहित अफगानिस्तान, बंगलादेश, मंगोलिया, गुआम, पाकिस्तान, मकाउ, ब्रुनाइ, भुटान र नर्थ मारिना आयरल्यान्ड छन् ।

भारत भने ‘पट’ ३ मा परेको छ । एएफसीका अनुसार ‘ड्र’ मे २९ मा मलेसियाको क्वालालम्पुरस्थित एएफसी मुख्यालयमा स्थानीय समय अनुसार दिउँसो २ बजे हुने तय छ ।

यस छनोट प्रतियोगितामा ४४ वटा यु–२३ राष्ट्रिय टोली सहभागी हुनेछन् । ती टोलीलाई ११ समूहमा विभाजन गरिनेछ । छनोट खेलहरू सेप्टेम्बर १ देखि ९ सम्म सञ्चालन हुनेछन् ।

प्रत्येक समूहको शीर्ष टोली र चार उत्कृष्ट उपविजेता टोलीले २०२६ मा साउदी अरबमा आयोजना हुने प्रतियोगितामा स्थान बनाउनेछन् । आयोजक राष्ट्र साउदी भने सिधै छनोट भइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस